मंसिर २५, काठमाडौँ । राजधानीका अधिकांश सहरहरुमा हेल्थ मसाज तथा प्राकृतिक विधीबाट गराईने उपचार केन्द्रको रुपमा सञ्चालित स्पा सेन्टरहरु यौन व्यवसायको रुपमा परिणत हुँदै गएको देखिन्छ ।
स्पा सेन्टरहरु मानव स्वास्थ्यलाई शारिक र मानसिक रुपमा स्फूर्ती बनाउने दोस्रो अस्पतालको रुपमा रहेको व्यवसायीहरुको भनाई रहेता पनि शहरका विभिन्न क्षेत्रहरुमा सञ्चालित स्पा सेन्टरहरुमा यौन बिकृती मौलाउँदै गएको देखिन्छ । स्पा थेरापी आर्युवेदिक र योगाको शैली अपनाएर उपचार गरिने एक विधी रहेको बताएको छ । तर गंगबु, समाखुशी, चक्रमपथ, चाबहिल, बौद्ध, गौशाला लगायतका केही स्थानहरुमा स्पाको नाममा खुल्लमखुल्ला यौन व्यवसाय भएको देखिन्छ ।
विशेष गरी थेरापीको नाममा फुलबडि मसाज, मोरकन मसाज, स्टिम बाँथ जस्ता मसाजहरुमा यस्ता विकृति बढ्दै गएको एक अध्ययनले देखाउँछ । अध्ययनकर्ताका अनुसार सेवाबापत ग्राहकबाट रु. एक हजारदेखि १२ सयसम्म लिने गरेको पाईन्छ । अझ स्पा सेन्टरको प्याकेजअनुसार सेवा लिने हो भने ३५ सयदेखि ५ हजारसम्म शुल्क लिने गरेको देखिन्छ ।
एक स्पा सेन्टरमा कम्तिमा ४ देखि ६ जना कर्मचारी रहने र उमेरको हिसावले १६देखि ३५ वर्षसम्मको युवायुवती रहेको सुत्रधारमार्फत थाहा हुन आएको छ । सञ्चालकको रुपमा पुरुष महिला रहेता पनि प्रायजसो सेन्टरहरुमा महिला बढि रहेको देखिन्छ । प्राय स्पा सेन्टरहरुमा रातको आठबजेसम्म सञ्चालन गर्ने अनुमति पाएतापनि त्यस्तो गलत गतिविधि सञ्चालन हुने सेन्टरहरुमा भने ग्राहको माग भएअनुसार रातको समयमा पनि ढिलासम्म खुल्ने गरेको अध्ययनले देखाउँछ ।
स्पाको नाममा मापदण्डविपरीत गैर गतिविधि सञ्चालन गर्दै आईरहेको व्यवसायीहरुलाई छानविन गरी कारवाही गर्नुपर्ने अन्य व्यवसायीहरुको माग रहेता पनि यसको सहजीकरण गर्ने निकायहरु मौन रहेकामा चिन्ता व्यक्त गर्दै आएको छ ।

