कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा लामाको उम्मेदवारी

मङ्सिर २५, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । केन्द्रीय समितिमा पुग्ने चाहना व्यक्त गर्दै धमाधम उम्मेदवारी घोषणा गर्नेहरु बढिरहेका छन् । यस्तैमा पार्टीको केन्द्रीय सदस्य पदमा युवा नेता गणेश लामाले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

लामाले आज शनिबार हुने उम्मेदवारको मनोनयन दर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लाग्नु भएको हो । पार्टीमा युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफूले उम्मेदवारी दिने लामाले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.