कल्याण गुरुङद्वारा काङ्ग्रेस सभापति पदमा उम्मेदवारी दर्ता

मङ्सिर २५, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

भृकुटीमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

गुरुङले पार्टीमा एक व्यक्ति एक पद कायम गर्ने नीति स्थापित गर्नको लागि आफूले सभापतिमा उम्मेदवारी दिएको बताउनु भयो ।

सभापति पदमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन् ।

यस्तै, सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी यस्तै, सह–महामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन समितिले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.