हरिश लामा,
मंसिर १९, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बिप्लब) को जनगणतान्त्रिक सम्पर्क मञ्च अन्तर्गतको (प्युठान, अर्घाखाँची, ओखलढुंगा काठमाडौं सम्पर्क मन्च) को संयुक्त रुपमा तेस्रो पार्टी भेला काठमाडौँ स्थित चाबहिलमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं जनगणतान्त्रीक सम्पर्क मञ्चको फ्रक्सन इन्चार्ज चिरण पुन (मिलन) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै इन्चार्ज पुनले काठमाडौँमा विभिन्न पेसा, व्यावसाय तथा शिक्षणका लागि बाहिरबाट आएका जनमानसहरुले झेलिरहेको व्याप्त समस्यहरुलाई समाधान गर्न जनगणतान्त्रीक सम्पर्क मञ्चको आवस्यकता रहेको बताउनुभयो । देश गलत नेतृत्वको हातमा रहेको भन्दै इमान्दार व्यक्तिहरु राजनीतिमा लाग्नु पर्ने र देशलाई नयाँ क्रान्तिको आवश्यकता रहेको नेता पुनले बताउनुभयो । नेता धनी र देश गरिब भइरहेको भन्दै वर्ग समानताको कुरा गर्ने प्रचण्ड आफैं २७ करोडको सानो झुपडी भर्खरै बेचेको प्रसङ्ग उठाउनु भयो । प्रचण्ड प्रधानमन्त्री हुँदा प्रयोग गर्ने ४० लाखको अलिसान पलाङ देखि ७० करोडको कमिशन प्रकरण, इन्धनको मुल्य वृद्धि, सुनकान्ड लगायत मुलुकको राजनीतिक अस्तब्यस्त, बिदेशी संस्कृतिको प्रभाव आदि बारे गम्भीर हुन उहाँले कार्यकर्ता तथा आम नागरिकलाई आग्रह गर्नुभयो ।

प्रमुख अतिथि समेत रहेका नेता पुनले नवनियुक्त प्युठान, अर्घाखाँची, ओखलढुंगा काठमाडौं जनगणतान्त्रीक सम्पर्क मञ्चका पदाधिकारीहरुलाइ बधाई दिनु हुँदै बैज्ञानिक समाजवाद र साम्यवादको विश्लेषण एवं प्रशिक्षण दिनु भयो । प्युठान काठमाडौं जनगणतान्त्रीक सम्पर्क मञ्चमा अध्यक्ष चुमान सिंह ठाकुरी सहित १९ जनाको कार्यसमिति गठन गरेको छ भने अर्घाखाँचीमा अभिनाश पौडेल सहित १५ जनाको कार्यसमिति गठन भएको छ । त्यसै गरि ओखलढुंगामा जीवन बुढाथोकीको अध्यक्षतामा १९ जनाको कार्यसमिति घोषणा भएको छ । संयुक्त जिल्ला भेलाले आगामी माघ ८ र ९ गते सम्पन्न हुने राष्ट्रिय सम्मेलनलाई भब्य ढंगले सफल बनाउन आआफ्नो स्थानबाट सहयोग गर्ने निर्णय सहित भब्य ढंगले कार्यक्रम समापन भएको थियो ।

