काँग्रेस बागमति प्रदेश सभापतिमा बानियाँ बिजयी, केसी १५८ मतले पराजित

मंसिर १९, काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको बागमति प्रदेश सभापतिमा इन्द बहादुर बानिया बिजयी भएका छन् । बानियाँले अर्को प्रतिद्वन्दी जगदिश नरसिह केसीलाई १५८ मतले पराजित गराएका हुन् ।

जम्मा मत गणना सक्दा बिजयी बनेका बानियाँले १०८५ मत प्राप्त गरेका छन् भने अर्का प्रतिद्वन्दी केसीले ९२७ मत प्राप्त गरेका छन् । पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि वागमतीमा पुनः मतदान भएको थियो । यहाँ दुईहजार भन्दा धेरै मत खसेको छ ।

बानियाँको जीतसंगै अहिले मतदान क्षेत्र विजयीको जुलुसमा नेताकार्यता उत्रिएका छन् । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउबा निकट नेता हुन् भने जगदिश्वर नरसिंह केसी नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.