नेपाली काँग्रेस वागमतीमा अधिवेशनको मतगणना जारीः बानियाँले लिए अग्रता

मंसिर १९, काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत वागमती प्रदेश अधिवेशनको मतगणना जारी रहँदा सभापतिका दुई उम्मेदवारबीच चक्रो प्रतिस्पर्धा देखिएको छ ।

पहिलो सय मत गणनामा देउवा पक्षीय उम्मेदवार इन्द्र बानियाँले अग्रता लिए भने त्यसपछि अर्को सय मत गणना हुँदा पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीले अग्रता बनाए । अहिले ८ सय मत गणना हुँदा बानियाँले फेरि अग्रता बनाएका छन् । बानियाँले ९०० मत गणना हुँदा ४७७ मत प्राप्त गरेका छन् भने केसीले ४२० मत पाएका छन् ।

पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि वागमतीमा पुनः मतदान भएको थियो । यहाँ दुईहजार भन्दा धेरै मत खसेको छ ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.