कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक आज बस्दै

मंसिर १७, काठमाडौँ । कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ।

बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुनेछ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो। परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.