नेकपा एकीकृत समाजवादीको वेलकोटगढिमा वडा कमिटि गठन

मंसिर १६, काठमाडौँ । नुवाकोट स्थित वेलकोटगढी नगरपालिका– ७ महादेवफाँटमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले वडा कमिटी गठन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एस नुवाकोटको दोश्रो पूर्ण वैठकले निर्णय गरे बमोजिम वडा तहहरुमा संगठन निर्माण अभियान अन्तर्गत वेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ को अधिवेशन तथा भेला सम्पन्न भएको छ। नेकपा एसका पोलिटव्युरो सदस्य तथा पुर्व सासद राजेन्द्र प्रकाश लोहनीको प्रमुख आतिथ्यता सम्पन्न भेलाले विलभद्र नेपाल संयोजक र देउती तामाङ सहसंयोजक रहने गरी ३१ सदस्यिय वडा कमिटि गठन गरिएको समाजवादी वेलकोटगढीका नेता तथा जिल्ला कमिटि सदस्य नारायण नेपालले जानकारी दिएउ। दिल वहादुर राईको अध्यक्षतामा युवा संघ नेपालको २१ सदस्यीय वडा कमिटि समेत आजै गठन गरिएको बताए। युवा संघका उपाध्यक्ष सन्तोष नेपाल सचिव दिपेश राई र उपसचिवमा केदार भुजेल चयन भएका छन्।

निर्वाचित कमिटि लाई पोलिटव्युरो सदस्य राजेन्द्र प्रकाश लोहनीले सपथ गराउनु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि लोहनिले व्यवस्था र संविधानको रक्षाको निमित्त पार्टी पुनर्गठन आवश्यक रहेकोले हामी नेकपा एस लिगेर फेरी जनताको घर दैलोमा आएको बताउनु भयो।
कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष गोविन्द नेपाली,राष्ट्रिय परिषद सदस्य सुर्य वहादुर कडेल,पार्टी उपसचिव उद्धव पनेरु,जिल्ला कमिटि सचिवालय सदस्य रामकृष्ण राजभण्डारि,रामहरि गजुरेल,नारायण नेपाल,प्रकाश नेपाल, दिपेश चित्रकार, कुमार खड्का,जीवन लामिछाने,नारायण नेपाल।फगाएतको उपस्थित रहेको थिायो भने युवासंघ जिल्ला कमिटि सदस्य नवनि न्यौपाने,पुरसोत्तम वाग्ले,सागर अधिकारी,वद्रिलाल चित्रकार लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता सचिवालय सदस्य नारायण नेपालले गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन सचिवालय सदस्य प्रकाश नेपालले गरेका थिए। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २८ जना नेकपा एसमा प्रवेश गरेका छन्। कार्यक्रममा वेलकोटगढि वडा न १२ को भेला मसिर १८ गते गरिने जानकारि गराईएको थियो।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.