‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने डब्ल्युएचओको चेतावनी

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरानोको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण विश्वभर छिट्टै फैलन सक्ने चेतावनी दिएको छ।

यसबाट गम्भीर परिणाम आउन सक्ने भन्दै डब्ल्युएचओले विश्व जगतलाई महामारी फैलन नदिन ठोस कदम चाल्न पनि भनेको छ ।डब्ल्युएचओ प्रमुख डा. टेड्रोस गेब्रेयसले गरीब राष्ट्रहरुमा खोप उपलब्ध गराउन धनी राष्ट्रहरुलाई आग्रह समेत गरेका छन् ।

विश्वभरका वैज्ञानिकहरुले नयाँ संस्करण, उच्च प्रसारण र पुन संक्रमणको जोखिम र खोपहरुका बारेमा अध्ययन अनुसन्धान थालिसकेको भन्दै उनले अफ्रिकी मुलुकहरुले महामारी फैलन नदिन चालेको कदमको प्रशंसा गरे ।

गत साता दक्षिण अफ्रिकी मुलुकहरुमा देखा परेको ओमिक्रोनका कारण विश्वका कयौँ राष्ट्रहरुले ती मुलुकका नागरिकहरुमाथि यात्रा प्रतिबन्ध लगाइसकेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.