थपिए ३०८ कोरोना संक्रमित, २९८ जना निको भए

मङ्सिर ९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०८ जना कोभिड संक्रमित थपिएका छन् । आठ हजार ९०९ वटा नमुनाको परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ । त्यस्तै आज २९८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.