कात्तिकमा २३१ मानव अधिकार उल्लङ्घनका घटनाः इन्सेक

मङ्सिर ८, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक महिनामा २३१ जना व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ।

इन्सेकले गत कात्तिक महिनाको मासिक तथ्याङ्क विश्लेषण प्रतिवेदनमा १०४ जना महिला र १२७ पुरुष गरी २३१ जना पीडित भएका जनाएको छ। प्रतिवेदनअनुसार वाग्मती प्रदेशमा १३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको उल्लेख छ।

कात्तिकमा प्रहरीले १५ जना महिलासहित ११९ जनालाई गिरफ्तार गरेको छ। त्यसैगरी, यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुर्व्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएको जनाएको छ।

कात्तिकमा कारागारमा एक जनाको मृत्यु भएको छ भने पतिद्वारा छ जना पत्नीको हत्या भएको छ। त्यसैगरी बलात्कारपछि एक जनाको हत्या भएको छ। त्यस्तै, बाल अधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएको इन्सेक जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.