महाधिवेशनकाे पूर्वसन्ध्यामा एमाले स्थायी कमिटी बैठक

मंसिर ६, काठमाडौं। महाधिवेशनमा होमिएको नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ। बैठक अपराह्न ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको १०औँ महाधिवेशन १०(१२ मंसिरमा चितवनमा हुँदैछ। त्यसको पूर्वसन्ध्यामा स्थायी कमिटी बस्न लागेको हो। सचिव तामाङका अनुसार बैठकमा महाधिवेशन तयारीको समीक्षा र महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुनेछ। एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको पाँच प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ। जसअनुसार करिब एक सय महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.