काठमाडौं । नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको मौसम विभागले जनाएको छ ।
विभागकाअनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश १ को एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै, राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागहरू सामान्यतया सफा रहने छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश १ को पहाडी भुभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

