मंसिर २, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका –४ उत्तरबाहिनी स्थित शुभकामना स्कूलमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।
डेन्टल कलेजको प्राविधिक सहयोगमा लायन्स क्लब अफ काठमाडौ जोरपाटीको आयोजनामा शुभकामना स्कूल, उत्तर बाहिनीमा निःशुल्क दन्त शिविर भएको हो । विद्यालयमा अध्यनरत बालबालिका, कान्ति भैरव गुरुकुलका बटुकहरु तथा अभिभावकहरुको समेत निशुल्क दाँतको परीक्षण तथा उपचार गरेका हुन् । निःशुल्क परिक्षणसंगै जटिल उपचारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

करिब २५० को निशुल्क दाँत परीक्षण भएको उक्त कार्यक्रममा लायन्स क्लब ३२५ ए–१ का अनररी एडभाइजर विष्णु भाइ श्रेष्ठ, लायन सुरेन्द्र बलाय, लायन श्रीजन के सी, लायन बबिता लामा राजभण्डारी, लायन कुमार श्रेष्ठ , लायन जयराम विष्ट , लायन प्रकाश अधिकारी , लायन सरला सुवाल लगायतको उपस्थिति रहेको थियो ।


