रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कात्तिक २८, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

माडी गाउँपालिका– ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप आइतबार बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

घटनामा घाइते भएका ३ जनाको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ । डिएसपी सुवेदीले मृतकको पहिचान भइ नसकेको बताउनुभयो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.