कात्तिक २६, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

