फिफा विश्वकपमा छनोट भयाे ब्राजिल

कात्तिक २६, काठमाडौँ । ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ। शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १– ० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो।

१२ खेलमा ११ जित र १ बराबर खेलेको ब्राजिल ३४ अंक बनाएर ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो। घरेलु मैदानमा ब्राजिललाई जिताउन लुकास पाक्वेटाले खेलको ७२ मिनेटमा निर्णायक गोल गरे। अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई १– ० ले पराजित गरेका छन्। जितसँगै अपराजित ब्राजिलको शीर्ष स्थानमा छ। ११ खेलमा २५ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ। ईक्वेडर २० अंक सहित तेस्रो स्थानमा रहँदा समान १६ अंक बनाएका चिली, कोलम्बिया र उरुग्वे गोल अन्तरका आधारमा चौथो, पाँचौं र छैटौं स्थानमा छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.