कात्तिक १६, काठमाडौं । काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । जहाज आज बिहान करिब ६ बजेर २० मिनेट जादा बँदेलसँग ठक्किएको हो।
नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्ने तयारीमा रहेको थियो । धावनमार्ग वरपर घाँसे मैदान भएकाले त्यहाँबाट बँदेलका बच्चा आएको हुन सक्ने बताइएको छ । विमानस्थल स्रोतका अनुसार जहाज धावनमार्गमा गुडिरहेको बेला बँदेलसँग ठक्कर खाएको हो। जहाजको अगाडिको टायरमा प्वाल परेको छ।जहाजलाई पार्किङ गरेर राखिएको विमानस्थल स्रोतले जनाएको छ । जहाजमा १४ यात्रु सवार जहाजका यात्रु र चालक सकुशल रहेका छन्।
करिब आधा घन्टा विमानस्थल बन्द गरेपछि अहिले सुरु गरिएको छ । विमानस्थलमा जंगली जनावरले यसअघि पनि दुख दिने गरेको थियो। अहिले घास काट्ने तयारी गरिएको छ ।

