प्रधानमन्त्री देउवा लन्डनमा

कार्तिक १३, लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्यान्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लन्डन आइपुगेका छन् ।

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौंबाट कतार एयरवेजको विमानद्वारा दोहा हुँदै लन्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । विमानस्थलमा उनलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यही रहने तथा विभिन्न भेटभाट र कार्यक्रममा व्यस्त हुनेछन् ।

प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पे्रमनारायण कँडेल, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. माधवबहादुर कार्कीलगायत अन्य उच्च अधिकारी, प्रधानमन्त्रीका निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना छन् । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.