वाग्मतीको मुख्यमन्त्रीमा भोलि दिउँसो ३ बजेसम्म दाबी पेस गर्न आह्वान

कात्तिक १०, काठमाडौं । वाग्मती प्रदेशमा नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै बिहीबार दिउँसो ३ बजेभित्र दलहरूलाई दाबी पेस गर्ने समय दिएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधान २०७२ को धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेशप्रमुख समक्ष लिखित राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको चयन प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा बिहीबार दिउँसो ३ बजेभित्र प्रदेश प्रमुखको कार्यालसमक्ष मुख्यमन्त्री बन्नका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । विज्ञप्तिमार्फत नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्रस्तुत गर्न भनिएको छ । यसअघि बुधबारका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यतालिका बनाइएको थियो । तर, शाक्यले बैठक उभिएर मार्ग प्रसस्त गरेपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।

गठबन्धनमा आवद्ध दलहरूले मुख्यमन्त्रीमा नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । कात्तिक ४ गते बसेको प्रदेश सभा बैठकमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेलले पाण्डेलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउने निर्णय भएको सार्वजनिक गरेका थिए । गठबन्धनले अहिले अन्य मन्त्रालय वाटँफाडँको काम गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.