मुलुकका केही स्थानमा वर्षाको सम्भावना

कात्तिक १०, काठमाडौँ । आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस्।

यद्यपि, दिउँसो पहाडी भू–भागमा बदली रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। राति पहाडी भूभागका एक÷दुई स्थानमा वर्षाको सम्भावना छ। बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

बुधबार
दिउँसोः देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार
दिउँसोः देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिः देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.