कम्युनिस्ट आन्दोलनमा विद्रोहको राँको बालेका छौँ: अध्यक्ष नेपाल

कात्तिक ९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोनलमा आफूहरूले विद्रोहको राँको बालेको दाबी गरेका छन्।

मंगलबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आइपुगेका नेपालले यस्तो बताएका हुन्। सर्लाहीमा पत्रकारहरूसँगको भेटघाटको क्रममा अध्यक्ष नेपालले नेकपा ९एस०ले समाजवादका मूल्य र मान्यतालाई स्थापित गर्नेसमेत बताए। कम्युनिस्टको नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत कदम चालेको उनको आरोप थियो। नेकपा एमाले अध्यक्ष ओलीले नेता महत्त्वपूर्ण ठानेर अगाडि बढेका तर आफूहरूले सधैँ नीति पहिलो भन्ने फरक मत प्रस्तुत गरेको उनले बताए। नेकपा एमाले अध्यक्ष ओलीले आफ्नो स्वार्थका लागि दुई तिहाइको सरकारलाई आफैँले कमजोर बनाएको आरोपसमेत नेपालले लगाए। ‘दुई तिहाइको सरकारलाई कमजोर बनाउन पहिला माओवादीलाई अलग गराए’, उनले भने, ‘त्यसपछि हामीलाई समेत घोक्र्याएर पार्टीबाट निकाले।’

ओलीले ठूला कुरा मात्र गरेको उनले दाबी गरे। काम एउटै नगरेर देशभर एकै पटक विभिन्न कार्यक्रम घोषणा गरेर गिनिजबुकमा नाम लेखाउने काम गरेको उनको भनाइ थियो। धेरै गफ गर्ने गफाडी प्रधानमन्त्रीका रूपमा केपी ओलीको गिनिज बुकमा नाम लेखिने भन्दै नेपालले ओलीको भनाइलाई खिसी गर्न पनि भ्याए। ुओलीले प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हेर्ने हो भने काम केही छैन, कुरा मात्र होु, नेपालले भने। नेता नेपालले आफूहरूसँग मत मिल्ने जुनसुकै पार्टीसँग एकता हुन सक्ने तर नेकपा एमालेसँग त्यस्तो कुनै संभावना नरहेको ठोकुवासमेत गरे। ‘यसमा जनताले निश्चिन्त भए हुन्छु, उनले भने।न्युज कारखाना

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.