थप साढे २ करोड बढी कोरोना खोपको डोज नेपाल आउँदै

कात्तिक ४, काठमाडौँ । नेपालमा कोभिड १९ विरुद्ध खोपको थप डोज आउने क्रम जारी छ। विभिन्न चरणमा गरी २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप नेपाल ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नियमित प्रेस ब्रिफिङ गर्दै मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले साढे दुई करोड बढी खोप नेपाल आउन लागेको जानकारी दिए। गाभीको कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप विभिन्न चरणमा ल्याउन लागिएको उनले बताए।

उनले भने, ‘थप केही खोपहरु प्राप्त हुने क्रममा छन्। गाभीको कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप विभिन्न चरणमा आउँदै गरेको अवस्था छ।’

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.