डिग श्रेष्ठ,
कात्तिक १, काठमाडौँ । दशैको अवसरमा सिरहाको गोलबजार नगरपालिका वडा नं. ३ स्थित जमनटोकीमा आयोजीत मैत्रीपूर्ण फूटबल प्रतियोगितामा सिनियर विवाहित र जुनियर अविवाहितबीचको खेलमा विवाहित टिम प्रथम भएको छ ।
भगवती युवा क्लद्वारा आयोजीत बिवाहित टिम र जुनियर अबिवाहित टिमसँग भएको खेलमा सिनियर बिवाहित टिमले १ का विरुद्ध २ गोल गरेका थिए । गोलबजार नगरपालिकाका गुरुधाम स्थित स्टिडियम परिसरमा आयोजित प्रतियोगितामा भगवती युबा क्लब सिनियर बिवाहित टिमका उदयमान खेलाडी सुनिल श्रेष्ठले पहिलो हाफमै २ गोल गरेका थिए भने दोस्रो जुनियर अविवाहित टिमका विशेष श्रेष्ठले दोस्रो हाफमा १ गोल फर्काएको थियो ।

मनोरञ्जनका लागि खेलिने उक्त प्रतियोगीतको तेस्रो गोल विवाहित सिनियर टिमका सुनिल श्रेष्ठले पुनः अर्को गोल गरेसंगै टिम विवाहित विजयी बनेका थिए । त्यसैगरी, प्रतियोगिताको समापन गर्दै गोलबजार नगरपालिका– ३ जमनटोकिका सम्पूर्ण खेलाडीहरुलाई आयोजक क्लवबाट बधाई तथा शुभकामना दिएका थिए ।

