महाधिवेशन प्रतिस्पर्धा मात्र होईन, परणाम निकालेर एकतामा जोड्ने कार्य हो – नेता सिटौला
असोज २५, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन नेतृत्वको लागि प्रतिस्पर्धा मात्र नभएर सहि परिणाम निकालेर पार्टीलाई एकतामा जोड्ने कार्य भएको बताएका छन् ।
सोमबार बिपी संग्राहलय सुन्दरीजमा आयोजित दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताएका हुन् । नेता सिटौलाले पार्टीको १४ औं महाधिवेशनले पार्टीभित्र थप सक्रियता ल्याउने भन्दै सहि नेतृत्व छनौटमा लाग्न नेता कार्यकर्तालाई अह्वान गरे । नेपाली काँग्रेस बिपी, गणेशमान, कृष्णप्रसाद लगायतले संघर्षको मैदानबाट योगदान पु¥याएको स्मरण गराउँदै बिपिको विचार, सिद्धान्त, आचारण र जीवनशैली अबलम्बन गरी पार्टीलाई अनुशासित बनाउन नेता कार्यकर्ता लाग्नुपर्ने बताए ।

वडा तहादेखि क्षेत्रीय प्रतिनिधि सदस्य चयन हुँदै आएको जानकारी गराउँदै १४ औ महाधिवेशनलाई सफल बनाउन सबैलाई आग्रह गर्दै पार्टीको हितविपरीत कार्य गर्नेहरुबाट होसियार रहन सुझाए । पार्टीभित्र पैसा खर्च गर्नेको प्रवित्ति बढ्दै गएको आरोप लगाउँदै काँग्रेसका साथीहरु धेरै धनमानी भएको छ, संगठनभित्र पैसाको प्रभाव पार्न थालेको छ, यसले पार्टी, समाज र देशलाई नै क्षति पुग्ने बताए । उनले पैसा खर्च गरेर पद प्राप्त गर्नेहरु पैसा नै कमाउन लालहित हुने बताए । परिणाम निकाल्न महाधिवेशनको समयमा पाटीभित्र प्रतिस्पर्धा स्वाभाविक रुपमा हुने गरे पनि परिणामपछि बृहत रुपमा एकताबाट अघि बढ्ने बताए ।

व्यक्तिगत स्वार्थबाट माथि उठेर समाज र देशको स्वार्थका लागि राजनीति गर्ने बिपिको चिन्तान धारबाट नेताकार्यकर्ता लाग्नुपर्ने बताउँदै राजनीतिमा लाग्नेहरु आफ्नो नीजि स्वार्थभन्दा माथि उठेर समाजप्रति समार्पित हुन आग्रह गरे । राजनीतिले देशको अगुवाई गर्ने भएकोले राजनीति गर्ने व्यक्ति नै गलत बाटोमा हिडयो भने सिंगो देश गलत बाटोमा हिड्छ उनले भने । इतिहासको स्मरण गराउँदै बिपि, गणेशमान र कृष्णप्रसादले खडा गरेका राजनीतिक बाटोमा निरन्तर अगाडी जान कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई आग्रह गरे । पार्टीको १४ औँ महाधिवेशनमा पार्टीभित्र देखिएको गलत प्रवित्तिलाई निरुत्साहित पार्ने सिटौलाको तर्क थियो । महाधिवेशन प्रतिनिधि सदस्य छनौटकै क्रममा देखिएको गतिविधिलाई इंकित गर्दै नेता सिटौलाले भने– ‘संघर्षको धारलाई पैसाको प्रभावमा पार्न खोजियो’ त्यस कार्यबाट सजग रहनुस् ।

आर्थिक, सामाजिक र साँस्कृतिक पक्षबाट कमजोर भएका समुदायलाई उकास्ने काममा काँग्रेस लाग्दै आएको बताउँदै काँग्रेसको महाधिवेशनमा इतिहासलाई स्मरण गरेर नेतृत्व चयन गर्नुपर्ने बताए । पार्टीको वैचारिक सिद्धान्त, नीतिका धारमा विचलित नहुनुपर्ने उनको धारणा थियो । पार्टीको वैचारिक, शैद्धान्तिक र नीतिका धारलाई आचारणयुक्त व्यवहारमा तथा जीवनशैलीबाट पार्टीभित्र हुने न्याय र विवेकलाई स्थापित गर्न संघर्ष निर्माण गर्नुपर्ने नेता सिटौलाले बताए ।
बिपि संग्राहलयका अध्यक्ष परशुराम पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा रक्षामन्त्री भिमसेनदास प्रधान, पूर्व राज्यमन्त्री अम्बिका बस्नेत, गोकर्णेश्वर नगर मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

