ट्रकको ठक्करबाट मृत्यु

असोज २३, काठमाडौं । ट्रकको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।

सुनसरीको दुहबी नगरपालिका–३ कोशी राजमार्गअन्तर्गत एनएल०२क्यू ०१३४ नंको ट्रकले को१०प २६८१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.