लमजुङमा पटाकासहित ७० वर्षीय वृद्ध पक्राउ

असोज २३, काठमाडौं । लमजुङमा विभिन्न प्रकारका पटकासहित एक जनालाई पक्राउ गरेको छ ।

लमजुङ बेसीशहर नगरपालिका–८ झ्याङखोलास्थित किराना पसल गरी बस्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका–७ का ७० वर्षीय हरिराम बानियाँलाई विभिन्न प्रकारका पटाका सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बानियाँको किराना पसलमा विष्फोटकजन्य वस्तु विक्री गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी विष्फोटक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्धक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.