हुलाक क्षेत्रको समग्र पुनःसंरचना हुन्छ : मन्त्री कार्की

असोज २३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हुलाक क्षेत्रको समग्र पुनःसंरचना हुने बताएका छन्।

१४७औँ हुलाक दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री कार्कीले विश्व हुलाक सेवामा आएको परिवर्तनलाई आत्मसात गर्दै हुलाक सेवालाई भरपर्दो र प्रतिस्पर्धी बनाउनुपर्ने बताएका हुन्। हुलाक क्षेत्रको समग्र पुनःसंरचना र सेवामा विविधिकरण गरी हुलाक सेवालाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ,’ उनले भने।

सूचना प्रविधिको प्रयोगबाट विद्युतीय व्यापार तथा वित्तीय समावेशीकरणका कार्यक्रम सञ्चालन गर्ने प्रणलीको विकासलाई सरकारले प्राथमिकतामा राख्ने उनले बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.