माओवादी केन्द्रले टुङ्ग्यायो मन्त्री (नामावलीसहित)

असोज २०, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य गणेश शाहकाअनुसार बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ ।

मन्त्रालयको विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उनले बताए । माओवादीको तर्फबाट यस अघि नै नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.