फोहोर व्यवस्थापनमा तराना महिला समितिको नयाँ शैली

असोज १६, काठमाडौँ । सुन्दा फोहोर शब्दले सबैको मन खिन्न बनाउँछ तर ती फोहोर समाजका हरेक परिवारको भान्साकोठाबाट नै निस्किने गर्दछ । समाजमा आफैले सिर्जना गरेको फोहोर देखेर भाग्ने गर्दछन् । आखिर फोहोर के हो त्यसको पहिचान गर्न नसक्दा आफैले सिर्जना गरेको बस्तु देखेर टाढा भाग्नुपर्ने अवस्था समाजमा विद्यामान छन् ।

तर गोकर्णेश्वर नगरपालिका वडा नं. ५ स्थित तराना महिला विकास समिति भने त्यस प्रकारका फोहोरलाई पहिचान गरी व्यवस्थापनका साथै आर्थिक आम्दानीका स्रोत बनाउन समेत सचेतना अभियान सञ्चालन गर्दै आईरहेको छ । विगत ६ महिना अगाडीदेखि महिलाहरुकै सक्रिया सहभागीतामा समाज र बाटोघाटोमा देखा परेका फोहोरमैलालाई सहि तरिकाले व्यवस्थापन गरी स्वच्छ समाज निर्माणमा तत्परता देखाएका छन् । हरेक  शनिवार विहानै तराना महिला समूहले फोहोरमैला व्यवस्थापनमा सघाउन छिमेकीहरुलाई समेत आग्रह गर्दै आफ्नो समूह झाडु, कुचो बोक्दै फोहोर टिप्ने कार्य गर्दै आएका छन् ।

समितिले  नगरपालिकाले समेत नगरेका काम गर्दै फोहोर व्यवस्थापनमा लागेपछि सबै जना उक्त कार्यलाई प्रशंसा गर्न थालेका छन् । पसलबाट ल्याएको प्लास्टिक तथा विभिन्न पेया पदार्थको बोतलहरुसहित फोहोर किन्ने कार्यमा लागिपरेका तराना महिला विकास समितिकी अध्यक्ष बसन्ती लामाले फाहोर न्यूनिकरणको नयाँ उपय अपनाएको बताउँछिन् । आफ्नो समूहले सरसफाई तथा फोहोर संकलनमा छिमेकी परिवारलाई आग्रह गर्दा पनि घर बाहिर निस्कन समेत गाह्रो मान्नेहरुलाई घरमै फोहोर व्यवस्थापन गर्न पाठ मिलोस भनेर फोहोर किन्ने अभियान समेत थालेको उनले बताईन् । आज मात्र एक कार्यक्रम गरी प्लास्टिकजन्य कच्चा पदार्थहरुलाई मिनिरल वटर, चिसो पेया पदार्थको बोतलमा कोच्याएर संकलन गरिएका फोहोरहरु खरिद गरेका छन् ।

फोहोरलाई मोहरमा परिणत गराउन लागि परेका सामाजिक अभियान्त उत्तम पुडासैनी, वडा ५ का सदस्य लिलामणी खतिवडा, दुर्गा फुयाँल, प्रारम्भ खबरका सम्पादक भीम लामा, समाजसेवी रामहरी श्रेष्ठ, केदरप्रसाद भट्टराई, सोभितमान गिरी लगायत अतिथिहरु, समितिका महिला सदस्यहरु र टोलबासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रत्येक घर –घरबाट निस्किने प्लास्टिकजन्य बस्तुहरु जम्मा गरेर बिक्री गरिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.