जनहितका योजना अघि बढाउन राष्ट्रपतिको सुझाव

असोज १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छन् । शुक्रबार काठमाडौंमा जिल्ला समन्वय समिति महासंघ नेपालको तेस्रो राष्ट्रिय परिषद् उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोत पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनहितका योजना अघि बढाउन सुझाव दिएकी हुन् ।

देशभित्र अवसर नपाई विदेशिन बाध्य युवाका लागि सीपको व्यवस्था गर्दै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताइन् । उनले मुलुक रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् ।

उनले जनप्रतिनिधिमूूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुराउनुपर्ने धारणा राखिन् । देशभित्र अवसर नपाई विदेशीन बाध्य युवाका लागि सीपको व्यवस्था गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमो उनको जोड छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.