अध्यक्ष नेपालको स्वास्थ्य अवस्थामा सुधार

असोज १४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ। त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेता नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको उनले बताएका छन्। नेता नेपालको मौसमी ज्वरो (सिजनल भाइरस फिवर) सम्बन्धी स्वास्थ्य अवस्थाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

नेता नेपालको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ। बिहीबार अपराह्न ३ः३० बजे उनको छातीको सिटी स्वयानिङसमेत गरिएको थियो। सामान्य ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा केही समस्या देखिएपछि बुधबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उनको अहिले ५०१ नम्बरको शय्यामा रहेर उपचार भइरहेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.