एमालेको विधान महाधिवेशनः मूल व्यवस्थापन समिति संयोजकमा रामबहादुर थापा (बादल)

असोज १४, काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिलाई खाना, खाजा, आवासदेखि गाडीसम्म व्यवस्था गरिएको छ।बिहीबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो ।

मूल व्यवस्थापन समिति संयोजक रामबहादुर थापा ’बादल’द्वारा जारी विज्ञप्तिमा महाधिवेशनका लागि ७ हजार क्षमताको हल व्यवस्थापन गरिएको छ।प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, सवारी चालकलाई महाधिवेशन हलमै खानाको व्यवस्था गरिएको छ।प्रतिनिधिलाई आवासको व्यवस्थापन गरिएको छ ।निजी सवारी नहुने प्रतिनिधिलाई झण्डासहित बसहरुको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।महाधिवेशनलाई व्यवस्थित बनाउन युवा संघ, अनेरास्ववियूलगायत २ सयको संख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ।

विधि र नीतिसँग सम्बन्धित रहेर महाधिवेशन केन्द्रीत रहेको संयोजक थापाले बताए । उनका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुतदेखि पार्टीको आगामी आन्दोलन कार्यभार र नेतृत्व निर्माणको विषय, विचारधाराको बहस हुने छ ।महाधिवेशन शुक्रबारदेखि ३ दिनसम्म गोदावरीमा चल्ने छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.