रेविजः तथ्य बुझौँ, त्रसित नहौँ

असोज १४, काठमाडौं । कुकुर वा जंगली जनावरले टोकेमा रेविज रोग सर्न सक्छ। कुकुरले टोकेको स्थानमा तुरुन्तै साबुनपानीले कम्तिमा १५ मिनेटसम्म राम्रोसँग धुनुपर्छ।

यस्ता जनावरले टोकेमा तुरुन्तै नजिकैको स्वास्थ्यकर्मी संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेविजविरुद्धको खोप लगाउनुपर्छ। रेविज रोगको उपचार नभए पनि समयमै खोप लगाए सजिलै बच्न सकिन्छ। घरमा पालिएका कुकुर वा बिरालोलाई पशु स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित रुपमा रेविजविरुद्धको खोप लगाइदिनुपर्छ।

सडकमा छाडिएका कुकुरलाई पालिका, समाज वा व्यक्तिगत पहलमै भएपनि रेविजविरुद्धको खोप लगाइदिनुपर्छ। प्राणघातक रेविजको रोगबाट आफू पन बचौँ र अरुलाई पनि बचाऔँ। रेविजविरुद्धको खोप नेपाल सरकारको प्राथमिक स्वास्थ्य केन्द्रसम्मका स्वास्थ्य संस्था हरुमा निः शुल्क उपलब्ध गराएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.