बागमती नदीमा महिलाको शव भेटियो

असोज १४, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदीमा महिलाको शव फेला परेको छ। बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए। उनका अनुसार शव अर्ध नग्न अवस्थामा छ।

शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए। शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.