पुर्व प्रधानमन्त्री माधव नेपालको टिचिङ अस्पतालमा उपचार हुँदै

असोज १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि टिचिङ अस्पतालमा उपचार भइरहेकाे छ ।

नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

अहिले नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । चिकित्सकहरुले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.