असोज १२, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टा थप १ हजार १ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १४ हजार ३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण र २ हजार ३ सय ३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ। १ हजार ३ सय १८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, काठमाडौं उपत्यकामा थप तीन सय ८३ जना संक्रमित थपिएका छन्। काठमाडौंमा दुई सय ७० जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ६९ संक्रमित थपिएका हुन्।

