नेपाली काँग्रेस तेमाल गाउँपालिकाको सभापतिमा ज्ञानबहादुर तामाङ निर्वाचित

असोज १०, काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काभ्रेमा पनि गाउँ÷नगर अधिवेशन भईरहेको छ । देशभरै  सभापति छान्न सकास भईरहेको बेला काभ्रेमा भने केही पालिकाहरुमा निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । त्यस्तै तेमाल गाउँपालिकामा सभापति छनोट प्रक्रियाका लागि दुई उम्मेद्वारको प्रतिस्पर्धा रहेको थियो ।

निर्वाचनमै सहभागी भएपछि समाजसेवी तथा युवा नेता ज्ञानबहादुर तामाङ सभापतिमामा भारी मतले बिजयी भएका छन् । कुल १६५ मतमा १६२ मत खसेको थियो भने बिजयी बनेका तामाङले १४४ मत प्राप्त गरेका थिए । त्यस्तै सभापतिका अर्का प्रतिद्वन्दी हेमलाल तामाङले १४ मत मात्र प्राप्त गरेका थिए । जसमध्ये बदर मत ४ र अनुपस्थित ३ रहेको काँग्रेस तेमालले जनाएको छ । त्यस्तै खानीखोला गाउँपालिकाबाट सभापनितमा काँग्रेसका सक्रिया नेता तथा समाजसेवी दोर्जेमान जिम्बा निर्विरोध चयन भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.