भदौ २७, काठमाडौँ । बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको घोषित पारिश्रमिक स्पष्ट नभएकोले सरकारबाटै विनियोजन गरिनुपर्ने, समान सेवा सर्त र सुविधा पाउने गरी एकै खालका शिक्षकको व्यवस्थापन गर्नुपर्ने, निजामती सेवा र शिक्षकबीच ग्रेड, तलब तथा निवृत्तिभरणमा भएको विभेद हटाउनुपर्ने अध्यक्ष कमला तुलाधरले बताइन् ।
सरकारले शिक्षकहरुलाई बेवास्ता गरेको र अहिलेसम्म कुनै पनि सरकारले शिक्षक तथा कर्मचारीसँग भएको सम्झौता कार्यन्वयन नगरेको उनले बताइन् । कार्यक्रममा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले महासंघले आफ्ना माग पूरा गराउन सबै राजनीतिक दलसँग राजनीतिक सहमति गर्नुपर्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा। चन्द्र भण्डारीले विद्यालय सुधारको अभियानलाई विद्यार्थी र अभिभावकसँग जोड्नुपर्ने बताए । भण्डारीले शिक्षकमाथि भइरहेको विभेद अन्त्य हुनुपर्ने जोड दिए ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षक तथा कर्मचारीको सम्मानजनक समाधान खोज्नुपर्ने बताए ।

