भदौ २३, काठमाडौँ । महिला अधिकारकर्मी र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुल्े पुश्ता समानता र लैंगिक समानताको लागि नयाँ अभियान सुरु गर्न आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् । वियोण्ड बेजिंङ कमिटि (बिबिसी)ले गरेको पेरिस र मेक्सिको फोरमको बारेमा सिकाई आदान प्रदान कार्यक्रममा अधिकारकर्मीहरुले उक्त कुरा बताएका हुन् ।
भरच्युएल माध्यमबाट भएको छलफल कार्यक्रममा सय भन्दा बढि अधिकारकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय योजना आयोग, महिला विभाग र महिला आयोगका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा बियोण्ड बेजिङ कमिटि नेपालका अध्यक्ष शुसिला श्रेष्ठले पुस्ता समानता र लैगिंक समानता कायम गर्नको लागि बनेका कानुनहरुको कार्यान्वयनमा जोड दिनु पर्ने र त्यसका लागि सचेतना आवस्यक रहेको बताउनु भयो । उहाँले पहिलो पुश्ताका अग्रज महिला नेताहरुबाट धेरै कुरा सिक्न बाँकी रहेको बताउनु भयो । बियोण्ड बेजिङ कमिटि नेपालका पुर्व अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले वियोण्ड बेजिंङ कमिटिले देशव्यापी रुपमा अभियान सञ्चालन गरेर सबैलाई एकताबद्ध गरेर पुश्तैनी समानताका लागि काम गर्नु पर्ने अंसको समान अधिकारलाई व्यभारमा कार्यान्वयन गर्न लगाउनु पर्ने बताउनु भयो ।
राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक लक्ष्मी घिमिरेले समानता र महिला अधिकार स्थापित गर्नको लागि आयोग सधै सहयोगि भूमिकामा रहने बताउनुभयो । महिला, बाल वालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगत महिला विभागका निमित्त महानिर्देशक मिरा सेरचनले सबै प्रकारको विभेदको अन्त्यका लागि आफुहरुले काम गरेको बताउर्दै पुश्तैनी समानताका लागि पनि कार्यक्रमहरु ल्याउने बताउनु भयो । कार्यक्रममा तीन समुहमा बिभाजित भएर स्थानीय तह, प्रदेश र संघिय तहमा के कस्ता कार्यक्रम र अभियान गर्ने भन्ने छलफल गरि निष्कर्स निकालिएको थियो ।

