चार प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित ठूलो वर्षा हुने

भदौ १८, काठमाडौ‌ । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा केही तल रहेको छ।

जसका कारण देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण पहाडी भू– भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाखाशाले नु हुन अनुरोध गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.