भदौ १७, एजेन्सी । भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ।
४० वर्षका शुक्लाको हृदयघातका कारण मुम्बईस्थित कुपर अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको बिहीबार निधन हो । उनको हृदयघातका कारण मृत्यु भएको कुपर अस्पतालले जानकारी दिएको हो। उनी आमा र दुई बहिनीसँग बस्थे।

