ट्राफिक प्रहरीले शुरु गर्यो रातमा समेत गति नियन्त्रण अभियान

भदौ १६, काठमाडौँ । “के तपाई रातको समयमा तिब्रगतिमा सवारी चलाउनुहुन्छ? होसियार ! ट्राफिक प्रहरीको कारबाहीमा परिएला है ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्रगतिका कारणलेहुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग शुरु गरेको छ । बिशेषगरि कोटेश्वर– सुर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्र गति नियन्त्रणको अभियान शुरु गर्दै आएको छ ।

दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५÷ ४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरिगति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ ।तिब्र गतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो । उहाँले आज रातीदेखी नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेकोर यसले तिब्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएकोर नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ । तिब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध समेत गरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.