अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार सक्ने

भदौ ८, एजेन्सी । अमेरिकाले तालिवानले दिएको समयसीमा भित्र उद्धार अभियान सम्पन्न गर्ने योजना अघि सारेको छ ।

अफगानिस्तानलाई नियन्त्रणमा लिएको तालिवानले अमेरिकालाई यही अगष्ट ३१ सम्म अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता लैजान अल्टिमेटम दिंदै त्यसपछि भने गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएपछि अमेरिकाले उक्त समयभित्रै उद्धार कार्य सम्पन्न गर्ने जनाएको हो ।

यसका लागि अमेरिकाले बेलायत, फ्रान्स, र जर्मनीको सहयोग लिने भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार आजदेखि शुरु हुने औद्योगिक राष्ट्रहरुको समुह जी ७ सम्मेलनमा अमेरिकाले अफगानिस्तानमा फसेका नागरिकहरुको उद्धारका लागि ती राष्ट्रसंग सहयोग माग्ने जनाइएको छ ।

अफगानिस्तानबाट हालसम्म १०औं हजारलाई सुरक्षित स्थानतर्फ सारिसकेको जनाउँदै अमेरिकाले तालीवानले दिएको समयसीमा भित्र त्यतिकै मात्रामा उद्धार गर्ने जनाएको छ । अफगानिस्तानको बिमानस्थलमा अहिले पनि हजारौंको संख्यामा मानिसहरुले आफ्नो कागजातहरु तयार पारिरहेको पनि पेन्टागनले जनाएको छ । सोही क्रममा बिमानस्थलमा भागदौड मच्चिंदा दर्जनौ घाइते भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.