भदौ १, काठमाडौं। अफगानस्तानमा अलपत्र परेका एक सय २७ जना नेपाली काठमाडौं पुगेका छन्। कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत उनीहरु मंगलबार विहान काठमाडौं पुगेका हुन्।
तालिवानले सत्ता कब्जा गरेपछि उनीहरुलाई अमेरिकाले उद्धार गरेर नेपाल पठाएको हो। नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उनीहरु विहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आएको जानकारी दिए। यूएस फोर्सको विमानमा उनीहरु काबुलबाट यूएइ पुगेका थिए। नेपाली राजदूतावासमा सुरक्षागार्डको रुपमा कार्यरत उनीहरु कुवेतबाट चाटर्ड फ्ल्याइटमा नेपाल आएका हुन्।
https://twitter.com/USEmbassyNepal/status/1427503675711246338/photo/2

