असोज ८ देखि अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

साउन ३१, काठमाडौं । नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आगामी असोज ८, ९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु क्रान्तिकारीले आउँदो असोज ८,९ र १० गते २२ औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको जनाएको हो ।

राष्ट्रिय सम्मेलनको माध्यमबाट नयाँ शिक्षा नीति, नयाँ नेतृत्व निर्वाचित गर्ने, विद्यार्थी आन्दोलनको नयाँ कार्यदिशा विकसित गर्ने अखिल क्रान्तिकारीका केन्द्रीय समितिका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । उनले २२ औँ राष्ट्रिय सम्मेलनमा ७९९ मात्रै प्रतिनिधि रहने जनाकारी दिए । उनले सम्मेलनलाई सम्पन्न गर्नका लागि आउँदो भदौ १५ सम्ममा इकाइ क्याम्पस, पालिका भेला गरिसक्ने, भाद्र २५ सम्ममा जिल्लाहरुको भेला र भाद्र २५ देखि असोज १ गतेसम्म प्रदेश भेला गरिसक्ने बताए । अखिल क्रान्तिकारीले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औँ राष्ट्रिय सम्मेलन भन्ने नारालाई प्रमुख एजेन्डा बनाएर अघि बढ्ने बताएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.