अझै एक साता मनसुन सक्रिय हुने

साउन ३०, काठमाडौं। आगामी साता देशभर मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ। उनले भने ‘वर्षा निरन्तर एकै ठाउँमा नभई फरक–फरक दिन फरक स्थानमा हुनेछ। वर्षा निरन्तर नभई केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम चलिरहने छ।” देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनका साथै ठूला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह समेत गरेको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.