एकैदिन ६६ हजार जनालाई फ्रिमा मास्क वितरण

साउन २८, काठमाडौँ । कोभिड– १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

गत वैशाख ६ गतेदेखि हालसम्म ७ लाख ४ हजार ३७६ जनालाई निस्शुल्क मास्क वितरण गरिसकिएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ । आज निषेधाज्ञा उल्लंघन गर्ने २५७ जनालाई २५ हजार ७०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार ८९७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.