लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

साउन २७, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्।

प्रदेश सभामा आफू अल्पमतमा परेपछि प्रदेश मुख्यमन्त्री पोखरेले आजै दिउसो १ बजे राजीनामा दिएका हुन्। मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा गएर राजीनामा दिएका हुन्।

एमालेका प्रभावशाली दोस्रो तहका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल जसपाका ३ सांसद कारवाहीमा परेसँगै पूर्ण अल्पमतमा परेका थिए। पोखरेलले राजीनामा दिएसँगै एमाले सशक्त प्रतिपक्षको भूमिकामा रहने देखिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.