राति ८ बजेपछि यातायात बन्द गर्नुको वैज्ञानिक आधार छैनः डा. सुवास प्याकुरेल

काठमाडौं उपत्यकामा राति ८ बजेपछि अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारी साधन चल्न नपाउने व्यवस्था गरिएकोमा जनस्वास्थ्यविद्हरुले भने त्यसको वैज्ञानिक आधार नरहेको बताएका छन्।

रातिको समयमा यातायत बन्द गर्नु जनस्वास्थ्यका दृष्टिकोणले निरर्थक रहेको स्वास्थ्यविद डा. सुवास प्याकुरेल बताउँछन्।  दिउँसो सवारीसाधनसँगै मानिसहरूको पनि चाप हुन्छ। दिउँसो चाप घटाउन केही उपाय ल्याएको भए त्यसको अर्थ हुन्थ्यो। तर, चाप नभएको बेला यातायातमा रोक लगाउनु वैज्ञानिक छैन,’ प्याकुरेलले भने।    मंगलबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको वैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई साउन २८ गतेदेखि भदौ ५ सम्म लागू हुनेगरी त्यस्तो सिफारिस गरेको छ।

कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालयले वैशाख १६ देखि निषेधाज्ञा गर्दै आएका छन्।  काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुँदै गएकोमा पछिल्लो समय संक्रमण बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले कडाइ गर्न थालेका हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.